सोल्टी होटलको साढे ४ अर्ब रुपैयाँको सेयर बेचेर नयाँ जहाज किन्न सुझाव



काठमाडौं । नेपाल वायुसेवा निगमलाई सोल्टी होटलमा लगानी गरेको सेयर बेचेर जहाज किन्न निगमको संरचनात्मक तथा व्यवस्थापकीय अध्ययन समितिले सुझाव दिएको छ ।

निगमसँग सोल्टी होटल लिमिटेडको १ करोड ३ लाख ३३ हजार ६९९ कित्ता सेयर रहेको छ । उक्त सेयरको १९ भदौको बजार मूल्य अनुसार उक्त सेयरको मूल्य प्रतिकित्ता ४४३ रुपैयाँ थियो । यो मूल्यअनुसार निगमले होटलमा गरेको लगानीको उक्त सेयर बेच्दा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ आम्दानी हुने देखिन्छ । यही सेयर बेचेर आएको रकमबाट नयाँ जहाज खरीदमा गर्न उक्त समितिले सरकारलाई सुझाव दिएको छ ।

निगमसम्बन्धित अध्ययन गर्न सरकारले बनाएको पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा एक अध्ययन समिति बनाएको थियो । उक्त समितिले आइतबार पर्यटन मन्त्री सुदन किरातीलाई उक्त अध्ययन प्रतिवेदन बुझाएको छ ।


क्लिकमान्डु