एकै महिनामा ८७.५७% ले बढ्यो मोटर बीमा, कुन प्रदेशमा कति ?



काठमाडौं । मोटर बीमा गर्नेको संख्या एक महिनामा नै ८७.५७ प्रतिशतले बढेको छ । साउनमा निर्जीबन बीमा कम्पनीले १ लाख २४ हजार ६७५ वटा मोटर बीमा गरेका थिए । साउनको तुलनामा भदौमा मोटर बीमा ८७.५७ प्रतिशतले बढेको छ । भदौमा २ लाख ३३ हजार ८६० वटा मोटर बीमालेख जारी भएका छन् ।

२ लाख २ लाख ३३ हजार ८६० बीमालेख जारी गरी बीमा कम्पनीले १ अर्ब ९८ करोड ८१ लाख ११ हजार बराबरको बीमा शुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरुले साउनमा १ लाख २४ हजार ६७५ बीमालेख बिक्री गरेर १ अर्ब ९ करोड ७४ लाख ६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

बीमा प्राधिकरणकाअनुसार सबैभन्दा बढी मोटर बीमा बागमती प्रदेशमा भएको छ । बागमती प्रदेशले १ लाख १५ हजार ६१ वटा बीमालेख बिक्री गरेर १ अर्ब १२ करोड ३३ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै गण्डकी प्रदेशबाट २४ हजार ५५६ वटा बीमालेख जारी गरेर १८ करोड ५७ लाख ५२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार कोशी प्रदेशमा २६ हजार २२३ वटा बीमालेख जारी भएर १८ करोड ३९ लाख ७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

मधेश प्रदेशमा १९ हजार ३९७ वटा बीमालेख जारी भएर १४ करोड ४९ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।
यस्तै लुम्बिनी प्रदेशमा ३३ हजार ८१८ वटा बीमालेख जारी भएर २५ करोड २३ लाख १७ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

कर्णाली प्रदेशमा २ हजार ९४३ वटा बीमालेख जारी भएर २ करोड ५१ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ भने सुदूरपश्चिम प्रदेशमा ११ हजार ८६८ वटा बीमालेख जारी भएर ७ करोड २६ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।

सरकारले मोटर बीमालाई अनिवार्य गरेको छ । जसले गर्दा मोटर बीमागर्ने क्रम बढ्दै गएको छ । निर्जीबन बीमा कम्पनीको बीमाशुल्क आर्जन गर्ने मुख्य आधार मोटर बीमा बन्दै गएको छ । सडक दुर्घटना, बाढी, चोरी लगायतका कारणबाट मोटरमा हुने क्षतिलाई न्यून गर्न मोटर बीमा गर्ने क्रम बढेको छ ।

पछिल्लो समय सडक दुर्घटना हुने क्रम पनि क्रमशः बढ्दै गएको छ । सरकारले मोटर बीमाअन्तर्गत तेस्रो पक्ष बीमालाई अनिवार्य गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साउनको तुलनामा भदौमा सवारी दुर्घटनाको संख्या १.५८ प्रतिशतले बढेको छ । साउनमा ९४५ सवारी दुर्घटना भएको थियो भने भदौमा यो क्रम १.५८ प्रतिशतले बढेर ९६० पुगेको छ । भदौमा ९६० सवारी दुर्घटनामा पर्दा १४ जनाको मृत्यु, २६ जना गम्भीर घाइते भएका छन् भने ७५७ जना सामान्य घाइते भएका छन् ।


क्लिकमान्डु