एकै दिन सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो
काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ ।
साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ ।