गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाइल बैंकिङ चलाउन सक्ने



काठमाडौं । हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ।

अल्पसंख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तै: कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा गरिमा विकास बैंकले आफ्ना विदेशमा रहने ग्राहकहरुको पहुँच हुनेगरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ ।

अब विदेशमा बसि यस विकास बैंकमार्फत मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिनसक्ने बैंकले जनाएको छ ।

साथै,यो सुविधा लिने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्ने छन् ।


क्लिकमान्डु