खरिद बील नराखेको भन्दै ५ व्यापारीलाई जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद बिल बिजक नराखेको अभियोगमा ५ व्यापारीबाट ४० हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागको अनुगमन टोलीले शनिबार गरेको अनुगमनको क्रममा खाद्य किराना पसल, मिठाई पसल र मिनि मार्टलगायतका व्यापारिक प्रतिष्ठानबाट ५ हजारदेखि २० हजार रुपैयाँसम्म आर्थिक जरिवाना गरेको हो । टोलीले शनिबार ४४ वटा पसलमा अनुगमन गरेको थियो ।
विभागले पछिल्लो समयमा चाडवाड केन्द्रित भएर विभिन्न नियमनकारी निकायको सहकार्यमा १० वटा संयुक्त अनुगमन टोली बजारमा परिचालन गरेको छ ।