सडक पेटीमा निर्माण सामग्री र माटो राखेको भन्दै काठमाडौं महानगरले तिरायो ७५ हजार जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा निर्माण सामग्री राखेको तथा सडकमा माटो झारेकोमा ७५ हजार रुपैयाँ जरिवाना गराएको छ । महानगरले यस्तो कार्यमा संलग्न २ जनालाई यो रकम तिराएको हो ।

महानगरले शुक्रबार बिहान वडा नम्बर ११ थापाथलीमा विलिल कन्टेकले सडकमा माटो झारेकोमा ५० हजार रुपैयाँ तिराएको छ । थापाथलीस्थित राष्ट्र बैंकको छेउमा विलिल कन्टेकले माटो झारेकोमा यो रकम जरिवाना तिराइएको हो ।

त्यस्तै, शुक्रबार नै महानगरपालिकाले सडक पेटीमा निर्माण सामग्री राखेर सडक अवरुद्ध गरेकाले सुदर्शन कडेललाई २५ हजार रुपौयँ जरिवाना तिराएको छ । वडा नम्बर ९ तिलगंगा निवासी कडेललाई जरिवाना तिराएर महानगरले निर्माण सामग्रीलाई सडकबाट हटाएको छ ।


क्लिकमान्डु