रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले तिरेन कर्जा, भुक्तानी गर्न तीन बैंकले निकाले सूचना



काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले कर्जा भुक्तानी नगरेपछि तीनवटा बैंकले कर्जा भुक्तानी गर्न ३५ दिने सूचना निकालेका छन् ।

कम्पनीले एभरेष्ट बैंकको अगुवाइमा सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट सहवित्तीयकरण कर्जा उपभोग गरेको थियो । लिएको कर्जाको साँवा, ब्याज आदि भुक्तानी गर्न पटक पटक ताकेता गर्दा पनि कर्जा भुक्तानी नगरेपछि बैंकले ३५ दिने सूचना जारी गरेका छन् । बैंकले समयमा नै कर्जा भुक्तानी नगर्ने हो भने धितोमा रहेका सम्पत्ति लिलामी गर्ने सूचनामा उल्लेख छ ।

काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–४ मा रहेको हाइड्रोले कर्जा लिँदा विभिन्न २१ जना जमानीमा बसेका छन् । बैंकले तोकेको समयमा कर्जा नतिरेमा २१ जानको नाममा रहेको धितो लिलाम गर्ने जनाएको छ ।

व्यक्तिगत तथा संस्थागत जमानीमा रारा हाइड्रोका साथै दैलेख जिल्ला अवलपराजुलका नरसिंह मल्ल, दैलेखकै राम कुमारी मल्ल, सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका– ३ की यात्रा कुमारी नेपाली, पोखरा महानगरपालिका–१ का शंकर लाल बैद्य, भक्तपुरमा सुनिल छुजु, काठमाडौं महानगरपालिका–४ का भिमेन्द्र बहादुर सिलवाल, सुर्खेतको विरेन्द्रनगरका मंगल विश्वकर्मा, भक्तपुरका बाबुकाजी साय श्रेष्ठ, सुर्खेतको विरेन्द्रनगरका शिव राज जैशी अधिकारी रहेका छन् ।

यस्तै काठमाडौं महानगरपालिका–३२ का बिष्णु बस्नेत, ‍सुर्खेतका झकबहादुर मल्ल, बाँके जिल्लाको नेपालगञ्ज नगरपालिका–५ का राजेश नारायण श्रेष्ठ, बुटवल नगरपालिका–६ का मानबहादुर विश्वकर्मा, सुर्खेतका गोपाल प्रसाद पौड्याल, गुल्मीका रत्नबहादुर थापा, बाँकेका अशोक कुमार रोकाया, बाँकेकै मनकामना ग्यास उद्योग, काठमाडौं सितापाइलाका प्रतिक बैद्य र ललितपुर उपमहानगरपालिका–३ का नरेश बहादुर श्रेष्ठ रहेका छन् ।

बैंकबाट कर्जा लिँदा रारा हाइड्रो पावरको नाममा रहेको दैलेख जिल्ला तत्कालीन अवलपराजुल गाविस–४ र ५ मा विभिन्न २१ वटा कित्ताको ११ हजार ४५ वर्ग मिटर र वडा नम्बर ६ मा कित्ता नम्बर १९१ को १०७० वर्ग मिटर जग्गा र उक्त जग्गामा निर्माणधिन विद्युत गृह, पावर हाउस,विभिन्न उपकरण, घर, भवन, कार्यालय रहेका छन् ।

यस्तै नर सिंह मल्लको नाममा विरेन्द्रनगर नगरपालिका–७ मा कित्ता नम्बर ७८० मा १ कठ्ठा १५ धुर जग्गा र त्यसमा बनेको घर र भवन रहेको छ ।

यस्तै राजकुमारी मल्लको नाममा विरेन्द्रनगर नगरपालिका–८ मा कित्ता नम्बर ३२२ मा रहेको १ कठ्ठा १२ धुर, कित्ता नम्बर ३४६१ मा रहेको २ कठ्ठा ३.२५ धुर र कित्ता नम्बर ३४६४ मा रहेको ११ धुर जग्गा र त्यसमा बनेको घर भवन तथा टहरा रहेको छ ।

यस्तै सुर्खेतकी यात्रा कुमारी नेपालीको नाममा सुर्खेत जिल्लाको तत्कालिन गुमी गाविस–५ ख स्थित कित्ता नम्बर १२५ को क्षेत्रफल २ कठ्ठा ११ धुर जग्गामा बनेको घर टहरा धितोमा रहेको छ । समयमा नै कर्जा नतिरेको खण्डमा सबै धितो बैंकहरुले लिलामी गर्ने भएका छन् ।


क्लिकमान्डु