फेडेरल रिईन्स्योरेन्स ब्रोकर कम्पनीले आईपीओ निष्कासन गर्ने



काठमाडौं । फेडेरल रिईन्स्योरेन्स ब्रोकर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले दोस्रो बार्षिक साधारण सभा बोलाएको छ । असोज २५ गतेका लागि बोलाएको सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ ।

सभामा कम्पनी गाभ्ने-गाभिने, विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउने, प्रबन्धपत्रमा उद्देश्य थप गर्ने तथा संशोधन गर्ने, साविकको विनियमावलीमा संशोधन तथा थप गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

सभाले यी प्रस्ताव पारित गर्ने छ । सभाले प्रस्ताव पारित गरेपछि आईपीओ निष्कासनको प्रकृयामा जाने छ ।


क्लिकमान्डु