जी-२० सम्मेलन: भारतले त्यस्तो के गर्‍यो, जसले गर्दा रुस र चीन पनि खुसी, पश्चिम पनि खुसी



काठमाडौं । भारतको अध्यक्षतामा जी–२० शिखर सम्मेलन समाप्त भएपछि आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी विदेशमन्त्री सर्गेई लावरोफको एउटा फोटो सोसल मिडियामा भाइरल भयो ।

यो फोटोमा प्रधानमन्त्री मोदी र लावरोफ एक–अर्काको हात समातेर खुलेर हाँस्दै गरेको देखिन्छ । धेरैले यो फोटोले विभिन्न प्रकारको सन्देश दिएको टिप्पणी गरेका छन् ।

अन्तर्राष्ट्रिय मामिला विज्ञ एसएल कान्तनले यो फोटो ट्विट गर्दै भनेका छन्, ‘दुवैले एक–अर्कालाई भनिरहेका छन्, रुसी आक्रमणसँगै निन्दाजस्तो शब्दलाई जी–२० को प्रस्तावबाट हटाइदिएको छ । यसले गर्दा अब अझै राम्रो भएको छ, युक्रेनविरुद्धको युद्धको बदला युक्रेनमा युद्ध ।’

भारतको अध्यक्षतामा ९ र १० सेप्टेम्बरमा भएको जी–२० समिटबाट जुन साझा घोषणापत्र स्वीकृत भएको छ, त्यसले गर्दा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको ठूलो जित भएको छ । तर, वाइडेनको लागि ठूलो हार भएको कान्तनले बताएका छन् ।

दिल्ली समिटबाट स्वीकृत भएको साझा घोषणा पत्रमा ‘युक्रेनमा युद्ध’ भनेर उल्लेख गरिएको छ । तर, पश्चिमा मुलुकहरुले ‘युक्रेनविरुद्ध युद्ध’ उल्लेख गर्नुपर्ने माग राखेका थिए ।

दिल्ली घोषणापत्रबाट रुस झन् खुस

प्रधानमन्त्री मोदी र लावरोफको यो फोटोमाथि विभिन्न प्रकारका प्रतिक्रिया आइरहेका छन् । पुटिन यो सम्मेलनमा आफैं उपस्थित नभए पनि उनको मनको कुरा घोषणा पत्रमा समावेश गराउन सफल भएको टिप्पणीकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

दिल्ली सम्मेलन समापनपछि रुसी विदेशमन्त्री सेर्गेई लावरोफ आइतबार पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । त्यसबेला उनी निक्कै खुसी मुद्रामा थिइन् ।

लावरोफले दिल्ली घोषणापत्रको प्रशंसा गर्दै उक्त घोषणापत्रले ग्लोबल साउथलाई एकताबद्ध गर्नुका साथै तोकिएको लक्ष्य प्राप्त गर्न प्रेरणा दिने जानकारी दिइन् । ‘जब सहमति जुट्यो, तब लाग्यो, यो उनको अन्तरआत्माको चाहना हो । साँचो भन्नुहुन्छ भने मलाई यस्तो हुन्छ भनेर लागेको थिएन । हामी आफ्नो बयानको पक्षलाई जोगाउन पूर्णरुपमा तयारी अवस्थामा थियौं । तर दिल्ली सम्मेलनले जुन घोषणापत्र जारी गर्‍यो, त्यो निक्कै इमानदार र निष्पक्ष थियो,’ लावरोफले भनिन्, ‘दिल्ली सम्मेलनको साझा घोषणापत्रले हौसला प्रदान गरेको छ । जेलेन्स्कीको फर्मुलाबाट प्रभावित भएर ग्लोबल साउथले रुसविरुद्ध वक्तव्यवाजी गर्न पाएन ।’

लावरोफले भारतप्रति आभार व्यक्त गर्दै भारतले जी–२० सम्मेलनलाई राजनीतीकरण हुनबाट जोगाएको बताइन् । पश्चिमा मुलुकहरुले यो सम्मेलनलाई युक्रेनीकरण गर्न खोजेको बताउँदै उनले उक्त प्रयास विफल भएको तर्क गरिन् ।

अघिल्लो वर्षको नोभेम्बरमा भारतलाई जी–२० को अध्यक्षता गर्ने इन्डोनेसियाले प्रस्ताव गरेको थियो । यो सम्मेलनअघि भारतमा मन्त्रीस्तरीय ११ वटा बैठक बसेका थिए । मन्त्रीस्तरीय बैठकबाट बहुमतीय प्रणालीमार्फत कुनै पनि साझा अवधारणा सार्वजनिक हुन सकेको थिएन ।

शिखर सम्मेलनपछि साझा घोषणा पत्र सार्वजनिक होला भन्नेमा सहभागी मुलुकले आशंका जनाइरहेका थिए । यस्तो आशंका अमेरिकाले पनि जाहेर गरेको थियो । जी–२० सम्मेलनमा चीनका राष्ट्रपति सहभागी नहुने भएपछि अन्य सहभागी मुलुकलाई झनै आशंका बढेको थियो ।

रुसका राष्ट्रपतिले पहिले नै सम्मेलनमा सहभागी हुन नसक्ने बताइसकेका थिए । भारतले आफ्नो अध्यक्षतामा सम्पन्न गर्न लागेको यो सम्मेलनमार्फत सबै सदस्य राष्ट्रहरुको साझा सहमतिमा घोषणा गर्न नसकेको भए कूटनीतिक रुपमा नराम्रो सन्देश जाने जोखिम पनि बढेको थियो ।

अहिलेसम्मको जी–२० को हरेक सम्मेलनले सदस्य राष्ट्रहरुको साझा सहमतिमा घोषणा पत्र सार्वजनिक गर्दै आएको थियो । यसपटकको सम्मेलनले सार्वजनिक गरेको घोषणापत्रमा युक्रेनमा जारी युद्धको सवालमा रुसको नामसमेत नजोडिएको पाइयो ।

यसअघि इन्डोनेसियाको बालीमा सम्पन्न भएको जी–२० सम्मेलनमा रुस र चीनलाई झुक्नुपरेको थियो । यसपटकको सम्मेलनमा पश्चिमा मुलुक झुकेको हो । पश्चिमा मुलुक नरम भएका कारण पछिल्लो सम्मेलन साझा रुपमा घोषणापत्र सार्वजनिक गर्न सफल भएको हो ।


रवि धिताल