सरकारले भन्यो- नेपालको नक्साको छिमेकीहरुले सम्मान गर्नुपर्छ



काठमाडौं । सरकारले नेपालको राजनीतिक र प्रशासनिक नक्सालाई छिमेकीहरुले सम्मान गर्नुपर्ने बताएको छ । संसदले सर्वसम्मतिले स्वीकृत गरेको नक्सालाई छिमेकीहरुले सम्मान गर्नुपर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अगस्ट २८ मा चीनले जारी गरेको नयाँ नक्साका बारेमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्दै संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्साका विषयमा नेपाल दृढ र स्पष्ट रहेको बताएको छ ।

मन्त्रालयले वार्ता र कूटनीतिबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ । चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश नभएपछि विवाद बढेको छ ।

चीनले सार्वजनिक गरेको नयाँ नक्सामा आफूहरुको भूभाग समेटिएको भन्दै भारत,  फिलिपिन्स र मलेसियाले पनि आपत्ति जनाएका छन् ।


क्लिकमान्डु