खेलाडीलाई शुभकामना दिँदै बालेनले भने: सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला!

952
Shares

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नेपालले एसिया कपमा पाकिस्तानसँग खेल्ने सपना पूरा हुन लागेको भन्दै नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन् ।

विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सँधै रोमाञ्चकता दिने भन्दै शाहले नेपाली टोलीले उनीहरुसँग खेल्ने सपना पूरा भएको जनाएका हुन् ।
‘टेलिभिजनमा पाकिस्तानी क्रिकेट खेलाडी सोएब अख्तर, शाहीद अफरिदी, बाबर आजम, शाहीन अफरिदीहरुको खेल हेरेर रमाइन्थ्यो । विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सँधै रोमाञ्चकता दिन्थ्यो’ शाहले लेखेका छन् ।

नेपाली खेलाडीहरुले विश्व वरिताको शीर्षस्थानमा रहेका खेलाडीहरुसँग कसरी खेल्छन् भन्ने कौतुहलता लाग्ने गरेको र यो सपना पूरा हुँदै जाँदा सबै नेपालीलाई गर्व गर्ने ठाउँमा क्रिकेट टोलीले पुर्‍याएको भन्दै उनले खुशी व्यक्त गरेका हुन् ।

‘सोचिन्थ्यो, नेपाली टोलीले पनि यीनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो ! अफरिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दिपले रिजवानलाइ कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदै छ । नेपाली सबैलाई गर्व गर्ने ठाउमा पुर्याउने सम्पुर्ण टोलीलाई हार्दिक बधाइ अनि खेलको लागि सम्पूर्ण नेपालीलाई शुभकामना’ शाहले लेखेका छन् ।