
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि अन्तर्राष्ट्रिय हवाई टिकट तथा ट्राभल एजेन्सी सेवा उपलब्ध गराउन ११ वटा कम्पनीलाई छनोट गरेको छ ।
बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै रीतपूर्वक आवेदन दिएका कम्पनीहरूमध्येबाट आवश्यक योग्यता पुगेका ११ वटा ट्राभल एजेन्सीहरूलाई सूचीकृत गरेको जनाएको छ ।
राष्ट्र बैंकले सूचीकृत भएका यी कम्पनीहरूलाई सूचना प्रकाशित भएको मिति असार २५ गतेबाट ७ कार्यदिनभित्र बैंकको खरिद एकाइमा आवश्यक सम्झौताका लागि आउन अनुरोध गरेको छ ।
छनोट भएका ११ कम्पनीहरूः
– एभरेष्ट मिराकल ट्राभल्स एण्ड टुर्स प्रा.लि.
– सी लिंक ट्राभल्स एण्ड टुर्स प्रा.लि.
– डिजायर नेपाल ट्रेक्स ट्राभल्स एण्ड टुर्स
– आईएमई ट्राभल्स प्रा.लि.
– बोन ट्राभल एण्ड टुर्स प्रा.लि.
– सुरुची ट्राभल्स एण्ड टुर्स
– अर्बिट इन्टरनेशनल ट्राभल्स प्रा.लि.
– मुन सन ट्राभल्स एण्ड टुर्स
– अउरो ट्राभल एण्ड टुर्स प्रा.लि.
– स्मार्ट ट्राभल सर्भिसेस प्रा.लि.
– प्रिसियस ट्राभल्स एण्ड टुर्स प्रा.लि.
बैंकले यी कम्पनीहरू छनोट गर्दा विभिन्न मापदण्ड तय गरेको थियो । जसमा अन्तर्राष्ट्रिय हवाई यातायात संगठनको सदस्यता, कम्तीमा ५ वर्षको कार्य अनुभव, पछिल्लो ३ वर्षको औसत वार्षिक कारोबार ५ करोड रुपैयाँभन्दा बढी हुनुपर्ने जस्ता सर्तहरू रहेका थिए ।
साथै, छनोट भएका कम्पनीहरूले राष्ट्र बैंकको धरौटी खातामा ५ लाख रुपैयाँ धरौटी समेत राख्नुपर्नेछ । सम्झौता भएपछि यी कम्पनीहरूले आगामी आर्थिक वर्षभरि राष्ट्र बैंकका कर्मचारी तथा पदाधिकारीहरूको वैदेशिक भ्रमणका लागि आवश्यक हवाई टिकट उपलब्ध गराउनेछन् ।






प्रतिक्रिया