ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएपछि दाङका सीडीओ गृह मन्त्रालय तानिए



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएपछि दाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुशील वैद्यलाई गृह मन्त्रालयमा तानिएको छ । गृहमन्त्रालय तानिएका उनला कुनै जिम्मा नदिइ जगेडामा राखिएको हो ।

वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को प्रतिवेदनमा उल्लेख छ । ब्यूरोको अनुसन्धान प्रतिवेदनको २४१ नम्बरमा उनलाई ‘फरार प्रतिवादी’ उल्लेख गरिएको छ ।

यो प्रकरणमा सीआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसकेको छ ।
कार्यालयले आज यस प्रकरणमा अदालतमा मुद्दाको तयारी गरेको छ ।

बालुवाटारस्थित ललिता निवास रहेको १४३ रोपनी सरकारी जग्गा विभिन्न सरकारी कर्मचारीदेखि नेता र व्यापारीले हत्याइएको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको भनाइ छ । पहिलो चरणमा ११२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको थियो ।


क्लिकमान्डु