सरकारी बैंकले बढाए २७ प्रतिशतसम्म ब्याज, कुन बैंकको कति बढ्यो ?



काठमाडौं । भदौं महिनामा सरकारको स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडले सबैभन्दा बढी ब्याज बढाएको छ ।

बैंकले साउन महिनाको तुलनामा भदौमा संस्थागत मुद्दती निक्षेप र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १.९०६ प्रतिशत विन्दुले बढाएको छ । साउनमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.९९ प्रतिशत र संस्थागत निक्षेपमा ६.९९ प्रतिशत ब्याज दिएको थियो।

साउनमा ब्याजदर घटाउदा अन्य बैंकले निक्षेप खोसेपछि आफूहरुले भदौमा ब्याजदर बढाउनु परेको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए ।

‘साउनमा ब्याजदर बढाएका बैंकले हाम्रो निक्षेप लगेर गए, जसले गर्दा बैंकलाई नियामक निकायले तोकेका अनुपातहरु पूरा गर्न कठिन भयो,’ अधिकारीले भने, ‘भदौमा पनि ब्याजदर घटाउदा थप निक्षेप पलायन हुने जोखिम भएपछि हामीले ब्याजदर बढाउनु परेको हो । ’

बैंकले भदौमा साउनको तुलनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर २१.२० प्रतिशत र संस्थागत मुद्दती निक्षेपको २७.२६ प्रतिशतले ब्याजदर बढाएको छ । ब्याजदर धेरै बढाउने बैंकको दोस्रो नम्बरमा पनि सरकारी स्वामित्वको कृषि विकास बैंक रहेको छ ।

बैंकले भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १.३८६ प्रतिशत विन्दुले बढाएको छ । कृषि विकास बैंकले साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा ९.५१ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.५१ प्रतिशत ब्याज दिएको थियो।

भदौमा कृषि विकासले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १४.५७ प्रतिशतले बढाउँदै १०.८९६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १८.४६ प्रतिशतले बढाउँदै ८.८९६ प्रतिशतले पुर्‍याएको छ ।

तेस्रो धेरै ब्याज बढाउनेमा सानीमा बैंक छ । सानीमाले व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपको ब्याज १.३७६ प्रतिशत विन्दुले बढाएको छ ।

साउनमा सानीमाको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.५२ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.५२ प्रतिशतले थियो ।

सानीमाले भदौमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १४.४५ प्रतिशतले बढाउँदै १०.८९६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याज १८.३ प्रतिशतले बढाउँदै ८.८९६ प्रतिशत पुर्‍याएको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत विन्दुले बढाएको छ ।

भदौमा राष्ट्रिय बाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.१२ प्रतिशतले बढाउँदै ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १४.३१ प्रतिशतले बढाउँदै ७.९९ प्रतिशत कायम गरेको छ ।

भदौमा कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ०.८८६ प्रतिशत विन्दु १०.८९६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १.३८६ प्रतिशत विन्दुले बढाउँदै ८.८९६ प्रतिशत पुर्याएको छ ।

एनआईसी एसीया बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ०.०४ प्रतिशत विन्दुले घटाउँदै १०.८९६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याज ०.५ प्रतिशतले बढाउँदै ८.८९६ प्रतिशत पुर्याएको छ ।

ग्लोबल आइएमई बैंक र सिटिजन्स बैंकले व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.९०६ प्रतिशत विन्दुले बढाएको छ ।

हल ग्लोबल र सिटिजन्सले व्यक्तिगत मुद्दती निक्षेपमा १०.८९६ प्रतिशत र संस्थागत मुद्दती निक्षेप ८.८९६ प्रतिशत ब्याज दिएका छन् ।

लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.४१ प्रतिशत विन्दुले बढाउँदा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।

लक्ष्मी सनराइजले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ४.१ प्रतिशतले बढाउँदै १०.४ प्रतिशत बनाउँदा संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशतलाई निरन्तरता दिएको छ ।

सिद्धार्थ बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपमा र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.४९ प्रतिशत विन्दुले बढाएको छ ।हाल सिद्धार्थले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.९९ प्रतिशत ब्याज दिएको छ ।

प्रभु र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशतले बढाउँदै व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याज दिएका छन् ।

माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.९९ प्रतिशत विन्दु र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.४९ प्रतिशत बिन्दुले बढाएको छ ।

माछापुच्छ्रेले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ११ प्रतिशतले बढाउँदै ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशतले बढाउँदै ७.४९ प्रतिशतले पुर्याएको छ ।

एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.९४ प्रतिशत विन्दुले घटाउँदै ९.९९ प्रतिशत पुर्याउँदा ७.९९ प्रतिशत रहेको संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा भने कुनै परिवर्तन गरेको छैन ।

स्टयाण्र्डड चाटर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा र संस्थागत मुद्दती निक्षेपको ब्याज ०.०३ प्रतिशत विन्दुले घटाएको छ ।
हाल चाटर्डले व्यक्तिगत मुद्दती निक्षेपमा ८.९५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ६.९५ प्रतिशत मात्रै ब्याज दिने भएको छ ।

प्राइम बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा र संस्थागत मुद्दती निक्षेपको ब्याज ०.४३ प्रतिशत विन्दुले घटाउँदै व्यक्तिगत मुद्दती निक्षेपमा १०.५ प्रतिशत र संस्थागत मुद्दती निक्षेप ८.५ प्रतिशत ब्याज दिएको छ ।

भदौमा नेपाल इनभेष्टमेन्ट मेघा बैंक, नबिल बैंक, एसबीआइ बैंक, हिमालयन बैंकले ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।


क्लिकमान्डु