नेपाल लाइफको ३ दिने लिडरसिप अवार्ड सम्पन्न, पेशागत बीमा अभिकर्ता संघको धन्यवाद



काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न भएको छ ।

चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा साउन १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम “सार्क वर्ष : पराक्रमी गति, आक्रामक नीति ” नाराका साथ सम्पन्न भएको हो । देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले अथक मिहेनत र परिश्रम गरेर कम्पनीलाई अव्वल बनाउन अहोरात्र लागेका अभिकर्ताहरुलाई सम्मान गर्ने परिपाटी स्थापित गरि हरेक वर्ष झन् परिस्कृत र बृहत रुपमा कार्यक्रम संचालन भएको देख्दा मन हर्षित भएको र भव्य आयोजनाका निम्ति कम्पनीका व्यवस्थापन समितिलाई धन्यवाद दिए । उनले आगामी दिनमा अझ भब्य कार्यक्रमहरु नेपाल लाइफद्वारा आयोजना हुनेमा आफु विस्वस्त रहेको बताए ।

विभिन्न समस्याका बाबजुद अथक परिश्रम गरि कम्पनीलाई बीमा क्षेत्रमा एक चम्किलो नक्षत्र रूपमा स्थापित गर्न प्रतिकुलतालाई अनुकुलतामा बदली कम्पनीलाई सर्वोत्कृष्ट बनाई सम्मानित भएका सबैलाई उनले धन्यवाद ज्ञापन गरे ।

आगामी दिनमा कम्पनीको लक्ष्य प्राप्तिका निम्ति दत्त चित्त भएर लागि पर्ने प्रतिबद्ता जाहेर गरे ।

बीमा क्षेत्रमा कम्पनीको स्थापना गरि नेपाली जनताको घर दैलोमा बीमाको सचेतना फैलाउने अवसर जुराइदिएकोमा संचालक समिति प्रतिआभारी रहेको उनले बताए ।

संचालक समितिको सोच र मार्गनिर्देशन, व्यवस्थापनको दृढ इच्छाशक्ति र अब्बल नेतृत्वकै कारण कम्पनीले आजको उचाई प्राप्त गर्न सकेको बताए ।

अभिकर्ता पेशा लाई थप मर्यादित बनाउन सबैको साथ र सहयोगको खाँचो रहेको उनको भनाइ थियो ।

नियामकिय निकाय नेपाल बीमा प्राधिकरणलाई अभिकर्ता मैत्री नीति नियम तर्जुमा गरि अभिकर्ता पेशालाई मर्यादित र व्यवसायिक बनाउन आग्रह गरे ।

अभिकर्ताको पेशागत सिप विकाश गरि नेपालमा बीमा जागरण गर्न पेशा बीमा अभिकर्ता संघ सदैब तयार रहेको उनले बताए ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो ।

त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फ बाट क्रमस नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।


क्लिकमान्डु