सोनापुर मिनरल्स एन्ड आयलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने



काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहलो चरणमा साउन २९ गतेदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले अंकित मूल्यमा १२५ रुपैयाँ थपेर आयोजना प्रभावितलाई प्रतिकित्ता २२५ रुपैयाँ र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १३७ रुपैयाँ ५८ पैसा प्रिमिमय थपेर २३७ रुपैयाँ ५८ पैसामा सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावितलाई १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गर्ने भएको छ । उद्योग प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । उद्योग प्रभावितले भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० लाख ७६ हजार २६८ कित्ता सेयर रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भदौ ११ गतेसम्म न्यूनतम १० कित्ता अधिकतम १० लाख ७६ हजार २६८ कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, कुमारी, शाइन रेसुङ्गा डेभलपमेन्ट, ग्लोबल आइएमई र प्राइम कमर्सियल बैंकका स्थानीय शाखाबाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।


क्लिकमान्डु