प्रसारण लाइन निर्माणका लागि जग्गा खरिद गर्दै विद्युत प्राधिकरण

273
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन नयाँ मोदी लेखनाथ १३२ केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा खरिद गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै १८.६३ हेक्टर क्षेत्रफल भएको एकमुष्ट निजी जग्गा पर्वत, कास्की वा छिमेकी जिल्लामा खरिद गर्ने भएको हो ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार प्रसारण लाइन आयोजनाका लागि वन तथा भू-संरक्षण विभागबीच गर्न लागिएको राष्ट्रिय वनको जग्गा सट्टा भर्ना स्वरुप उपलब्ध गराउनेसम्बन्धी सम्झौताअनुरुप १८.६३ हेक्टर क्षेत्रफलको जग्गाभन्दा कम नहुने गरी सरकारलाई जग्गा सट्टा भर्ना उपलब्ध गराउन निजी जग्गा खरिद गर्न लागिएको हो ।

प्राधिकरणलाई जग्गा बिक्री गर्न चाहने व्यक्ति वा संस्थाले जग्गाधनी दर्ता प्रमाण पुर्जाको फोटो कपी, चालु आर्थिक वर्षमा मालपोत बुझाएको रसिदको फोटोकपीसहित १५ दिनभित्र आफूले तोक्ने मूल्य तथा दररेटसहित प्रस्ताव पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

Skip This