आईपीओ निष्कासन गर्दै मनकामना इन्जिनियरिङ



काठमाडौं । मनकामना इन्जिनियरिंङ हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेर अहिले सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गर्न लागेको हो । आयोजना प्रभावित स्थानीय नकिनेको ६ लाख १६ हजार ६२० कित्ता सेयर थपेर सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँ दरले ८ करोड रुपैयाँको ८ लाख कित्ता आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख कित्ता, कम्पनीका लागि ४० हजार कित्ता र १ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा साउन २८ देखि ३१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ १० गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा सी-आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।


क्लिकमान्डु