दुई महिनामा आर्थिक सहायतामा २ करोड ७५ लाख राज्यकोषबाट वितरण, राष्ट्रपतिलाई ५५ लाख



काठमाडौं । अर्थ मन्त्रालयले दुई महिनामा आर्थिक सहायताका नाममा २ करोड ७५ लाख राज्यकोषबाट वितरण गरेको छ । मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय गराएर राष्ट्रपतिदेखि विभिन्न व्यक्तिको उपचारसम्ममा आर्थिक सहायता गरेको हो ।

जेठमा २ करोड ४० लाख र असारमा ३५ लाख रुपैयाँ वितरण गरिएको छ । जेठमा ८ जनाले र असारमा राष्ट्रपतिसहित ६२ जनाले आर्थिक सहायता लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि अर्थले ५५ लाख २ हजार रुपैयाँ निकासा दिएको छ ।

त्यस्तै कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको प्रदर्शनका क्रमका घाइते भई मृत्यु भएका पदमकुमार लिम्बूको परिवारलाई १० लाख र द्वन्द्वकालमा बेपत्ता भएका बर्दियाका वेदप्रसाद पाण्डेका हकदारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराइएको छ ।

यस्तो छ खर्च विवरण


क्लिकमान्डु