अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि निष्कासन
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि १९ लाख ५३ हजार २७९ कित्तामा सर्वसाधारण निष्कासन गरेको छ । आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।