राष्ट्र बैंकको सह-प्रवक्तामा डिल्लीराम पोख्रेल



काठमाडौं । नेपाल राष्ट्र बैंकले सह-प्रवक्ताको जिम्मेवारी डा. डिल्लीराम पोख्रेललाई दिएको छ ।

साउन १७ देखि लागू हुने गरी पोख्रेललाई सह-प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ ।

२०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध पोख्रेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

यसअघि राष्ट्र बैंकको सह-प्रवक्ता एवं सूचना अधिकारी नारायणप्रसाद पोखरेल थिए ।


क्लिकमान्डु