सोनापुर मिनरल्स एण्ड आयलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीलाई १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार ७३८ रुपैयाँको १ करोड २३ लाख २ सय किता सेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।
कम्पनीले स्थानीय र कम्पनीका कर्मचारीलाई अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणलाई अंकित मूल्यमा प्रतिकित्ता १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले सेयर निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।