अन्तिम आधा घण्टामा बढ्यो सेयर बजार



काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार अन्तिम आधा घण्टामा सकारात्मक बनेको छ । अढाइ बजेसम्म १० अंकले नेगेटिभ रहेको बजार अन्मित आधार घण्टामा ९.२५ अंकले बढेर २०८६.८४ अंकमा उक्लिएको हो ।

साउन ७ गते मौद्रिक नीति आएका दिन बजार ६३ अंकले बढेको थियो । त्यसयता बजार ६ दिन १५० अंकले घट्यो भने २ दिन १५ अंकले बढ्यो ।

बुधबार बजार ९ अंकले बढ्दा जलविद्युत, लघुवित्त र व्यापार उपसमूह भने नकारात्मक बनेका छन् ।

कारोबार रकम १ अर्ब ८१ करोडमा झरेको छ । मंगलबार १ अर्ब ७९ करोडको मात्र कारोबार भएको थियो ।

आज ११७ कम्पनीको मूल्य बढ्दा ८१ वटाको घटेको छ ।


क्लिकमान्डु