क्लोज आउटमा पर्न सक्छ, डिम्याट खाता तत्काल नवीकरण गर्नुः सिडिएसी




काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सेयर लगानीकर्तालाई तत्काल हितग्राही (डिम्याट) खाता नवीकरण गर्न भनेको छ ।

हितग्राही खाता नविकरण नगरे लगानीर्ताको मेरो सेयर भदौ १५ गतेदेखि रोक्का राख्ने जनाएको छ । लगानीकर्ताले आफ्नो हितग्राही खाताको बार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्य (डिपी) लाई बुझाउनुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

उक्त व्यवस्था अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने भएकाले लगानीकर्ताले सेयर बिक्री गर्दा खाता रोक्का भएका कारणले ईडीआईएस हुन नसकी क्लोज आउट पर्ने गरेको देखिएको जनाएको छ । क्लोज आउटमा पर्नबाट जोगिन भएपनि लगानीकर्तालाई तत्काल आफ्नो हितग्राही खाता नवीकरण गर्न सिडिएससीले आग्रह गरेको छ ।

लगानीकर्ताले मेरो सेयर मार्फत नै हितग्राही खाता नवीकरण गर्न सकिने व्यवस्था गरेको भएतापनि कतिपय लगानीकर्ताले आफ्नो हितग्राही खाताको नवीकरण नगरि मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गर्ने गरेको पाइएको जनाएको छ ।


क्लिकमान्डु