आर्थिक संकुचनको असरः २७ प्रतिशतले बढ्यो बिमा पोलिसी सरेन्डर



काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बिमा कम्पनीको पोलिसी सरेन्डर २७.६६ प्रतिशतले बढेको छ। बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० को असार मसान्तमा संख्याको आधारमा २७.६६ र रकमको आधारमा १७.२० प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा ८१ हजार ८६० जनाले १२ अर्ब १८ करोड ८ लाख १८ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेको थिए । आव २०७९/८० को असार मसान्तसम्म १ लाख ४ हजार ५०६ जनाले बिमितले १४ अर्ब २७ करोड ५४ लाख ८६ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ । १५ वटा जीवन बिमा कम्पनीबाट उक्त रकमको पोलिसी सरेन्डर भएको हो ।

बिमा प्राधिकरणका अनुसार असार मसान्तसम्म नेपाल लाइफ, एशियन लाइफ, महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका बिमितले गरेको पोलिसी सरेन्डर घटेको छ भने बाँकी कम्पनीको बढेको छ ।

प्राधिकरणका अनुसार नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी सरेन्डर आव २०७९/०८० मा ३२ हजार १२६ जनाले ४ अर्ब ७८ करोड ८५ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको थियो । अघिल्लो आवको सोही अवधिमा २६ हजार ६०३ जनाले ५ अर्ब १ करोड ५४ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।

यस्तै एशियन लाइफ इन्स्योरेन्सको पोलिसी सरेन्डर १६.१४ प्रतिशतले घटेको छ । ६ हजार ५७९ जनाले ४९ करोड ३९ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेको थिए । अघिल्लो आवमा भने ७ हजार ३६३ जनाले ५८ करोड ९० लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका थिए ।

महालक्ष्मी लाइफको पनि ४४.२१ प्रतिशलते घटेको छ । अघिल्लो आवमा ३६४ जनाले ६ करोड ४१ लाखको पोलिसी सरेन्डर गरेकोमा गत आवको सोही अवधिमा ३१२ जनाले ३ करोड ५७ लाखको पोलिसी सरेन्डर भएको छ ।

यता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको पनि बिमा पोलिसी सरेन्डर ११.५५ प्रतिशतले घटेको तथ्याङकले देखाएको छ । संख्याको आधारमा पोलिसि सरेन्डर बढेको भए पनि रकममा हेर्दा घटेको छ । अघिल्लो आवको असार मसान्तमा ६८१ जनाले २१ करोड ३१ लाख रुपैयाँ बिमा पोलिसी सरेण्ड गरेको थियो । गत आवको सोही अवधिमा १२२४ जनाले १८ करोड ८५ लाखको पोलिसी सरेन्डर भएको छ ।

बिमा प्राधिकरणका अनुसार राष्ट्रिय बिमा संस्थानको आव २०७८/०७९ मा १६ हजार ९१७ बिमितले ८५ करोड ५५ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका थिए ।

आव २०७९/०८० मा १४ हजार ४११ जनाले १ अर्ब १७ करोड ४२ लाखको, नेसनल लाइफमा अघिल्लो आवमा ७ हजार ५६६ जना बिमितले ८५ करोड ९७ लाख रुपैयाँ र गत आवमा ९ हजार ९ जनाले १ अर्ब ४४ करोड २३ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनलका ९ हजार ८६८ जना बिमितले अघिल्लो आवमा २ अर्ब ९३ करोड ६९ लाख रुपैयाँको र गत आवमा २० हजार १८० बिमितले ३ अर्ब ५१ करोड १८ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।

अघिल्लो आवमा मेट लाइफ इन्स्योरेन्सका ३ हजार ३५७ बिमितले ३६ करोड ९ लाख, गत आवमा ४ हजार ४५६ बिमितले ४२ करोड ७२ लाख रुपैयाँ, आईएमई लाईफका ३२४ बिमितले अघिल्लो आवमा २ करोड ४० लाख र गत आवमा १ हजार ७१ बिमितले १० करोड २७ लाखको बिमा पोलिसी सरेन्डर गरेका छन् ।

यस्तै अघिल्लो आवमा सन नेपाल लाइफका २४६ बिमितले २ करोड ४५ लाखको पोलिसी सरेन्डर गरेकामा गत आवमा ४४२ बिमितले ४ करोड ८९ लाखको, अघिल्लो आवमा रिलायबल नेपाल लाइफका ७१३ बिमितले २ करोड ७४ लाखको र गत आवमा १ हजार ५०८ बिमितले ७ करोड ८८ लाखको पोलिसी सरेन्डर गरेका छन् ।

प्राधिकरणका अनुसार अघिल्लो आवमा सिटिजन्स लाइफका ३३७ जनाले ३ करोड १४ लाख रुपैयाँ, गत आवमा १ हजार २९५ जना बिमितिले ११ करोड ८४ लाख, अघिल्लो आवमा प्रभु लाइफका २८६ बिमितले १४ करोड ७७ लाखको पोलिसी त्यागेकामा गत आवमा ६५९ बिमितले १५ करोड ७३ लाखको पोलिसी त्यागेका छन् ।

यस्तै सूर्यज्योती लाइफका २ हजार ७३ बिमितले अघिल्लो आवमा ३३ करोड १७ लाख, गत आवमा ३ हजार ६६६ बिमितले ७७ करोड ४४ लाख र हिमालयन लाइफ इन्स्योरेन्सका ५ हजार १६२ बिमितले अघिल्लो आवमा ६९ करोड ८८ लाखको पोलिसी सरेन्डर गर्दा गत आवमा ७ हजार ५६८ बिमितले ९३ करोड २१ लाखको पोलिसी त्याग गरेका छन् ।

नेपाल जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेले आर्थिक अवस्थामा आएको संकुचनका कारण पोलिसी सरेन्डर बढेको हुनसक्ने बताउँछन् । आर्थिक गतिविधि सुस्त भएको समयमा बिमितलाई पैसा आवश्यक परेको भएर पोलिसि सरेन्डर भएको हुनसक्ने उनको भनाइ छ ।


क्लिकमान्डु