सेयर बजारमा सामान्य सुधार, लगानीकर्ताको आकर्षण बैंकमा
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ५.८४ अंकले बढेर परिसूचक २१०६.१८ बिन्दुमा रोकिएको छ ।
२६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ९.६८, विकास बैंक १८.१२, वित्त कम्पनी २३.२०, होटल ३.७६, जीवन बीमा २.४८, उत्पादन तथा प्रशोधन २५.७६, निर्जीबन बीमा ४.६१, ट्रेडिङ समूहको उपसूचक ५६.०१ अंकले बढेको छ । कारोबारमा जलविद्युत ८.५७, माइक्रोफाइनान्स ४.१० अंकले घटेको छ ।
कारोबार लगानीकर्ताको आकर्षण भने बैंकमा बढी देखिएको छ । कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड ८ लाख ८६ हजार ६०५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोल्टी होटल र एशिएन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।