रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने



काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनिले सय रुपैयाँ अ‌‌कित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँका दरले सेयर निष्कासन गरेको छ । १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गरेकोमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।

६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुटयाएको छ । सर्वसाधारणलाई ९६ लाख कित्ता सेयर साउन २३ गतेदेखि निष्कासन गर्ने भएको छ । आईपीओमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अविधमा माग अनुसार आवेदन नपरेमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओ न्यूनतम १० कित्ता अधिकतम ५ हजार ४०० कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सक्ने छन् । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।


क्लिकमान्डु