सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीका रहेका नेपालीका लागि निष्कासन गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समसयम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९ लाख ६० हजार कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँका दरले सेयर निष्कासन गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साउन १ गतेदेखि सेयर निष्कासन गरेको थियो । आईपीओमा न्यूनतम १० देखि २० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आवेदन सी-आस्वा सदस्य रहेका र्बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ ।


क्लिकमान्डु