प्रधानमन्त्रीले रास्वपा प्रमुख सचेतक परियारलाई किन भेटे?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको भेटमा संसदलाई प्रभावकारी बनाउने, संसदीय समितिका सभापतिको चयन लगायका विषयमा छलफल भएको जनाइएको छ ।

संसद गतिशील र प्रभावकारी बनाउन आवश्यक रहेको परियारले प्रधानमन्त्रीसँग बताएको जनाए ।


क्लिकमान्डु