सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

आज कार्यालय समय सम्म मात्रै आईपीओमा आवेदन दिन सकिने छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमिय थप गरेर प्रतिकित्ता २४४ रुपैयाँका दरले सेयर सेयर निष्कासन गरेको छ ।

इन्स्योरेन्सले असार ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो । कम्पनिले ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि निष्कासन गरेको हो । सेयरमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ११ लाख २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।


क्लिकमान्डु