२ अर्बको ऋणपत्र निष्कासन गर्दै एसबिआई बैंक, बार्षिक ९% ब्याज पाइने
काठमाडौं । नेपाल एसबीआई बैंकले २ अर्ब रुपैयाँको ‘९% नेपाल एसबिआई बैंक ऋणपत्र–२०८९’ ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले १० वर्ष अवधिका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो ।
जसमा १२ लाख इकाई बैंकले विभिनन संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । बाँकी रहेको ८ लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ ।
बैंकले सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ४० हजार इकाई छुट्याएको छ । ऋणपत्रमा वार्षिक ९ प्रतिशत ब्याज पाइने छ ।
ऋणपत्रमा साउन १८ देखि २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।