त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई



काठमाडौं । अर्थ मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई दिएको छ ।

निजामती राष्ट्रीय किताबखानाको महानिर्देशक रहेका पाण्डेको गत बिहीबार अर्थ मन्त्रालयका सरुवा भएको थियो ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले पाण्डेलाई भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख रहेको अरुण पोखरेल भदौं १५ गतेसम्म बिदामा बसेका छन् ।

पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरिएको छ ।

गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट करिब १०० केजी सुन तस्करी हुँदा भन्सार प्रमुख पोखरेल विदामा थिए ।

सरकारले लामो समय निमित्तबाट कार्यालय सञ्चालन गर्नु भन्दा पाण्डेलाई जिम्मेवारी दिएको जनाएको छ ।


क्लिकमान्डु