सूचकाङ्कमा आधारित बाली बिमा साना किसानका लागि उपयोगी



काठमाडौ । भुमि अनुसन्धान तथा नीति सम्वाद लागि सहकार्य (कोलार्प) का कार्यकारी निर्देशक धनेज थापाले नेपालमा सूचकाङ्कमा आधारित बाली बिमा साना किसानका लागि उपयोगी हुने गरेको बताएका छन् ।

बालि बिमा किसानमा आकर्षण रहने उनको भनाई छ । यसलाई सरकारी तवरबाट नै प्रभावकारी रुपमा कार्यान्वयमा ल्याउनु पर्ने बताए । उनले यसलाई भारतको प्रधानमन्त्री फसल बिमा योजना जसरी प्राथमिकताका साथ सन्चालनमा ल्याएर लाखौको किसानको जोखिम न्यूनीकरणमा जोड दिनु पर्ने बताए । कोलार्पकले आयोजनामा गरेको कृषि बिमा गोष्ठीमा यस्तो बताएका हुन् ।

नेपालमा परम्परागत ढाँचाको कृषि बिमा रहेको र यसमा विभिन्न कमि कमजोरी रहेको बताए । उनले अन्य देशमा सूचका‌ङकमा आधारित कृषि बिमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गएको भन्दै नेपालमा पनि त्यसमा प्राथमिकताका साथ अघी बढाउनु पर्ने बताए । अहिले केही बिमा कम्पनीले सूचकाङ्कका आधारमा सामुहिक धान बाली बिमा सुदुर पश्चिम प्रदेशको कैलाली जिल्ला, भजनी नगरपालिकामा संचालन गरेको छ ।

सफल परिक्षण पश्चात यस्ता बिमा लेखहरुलाई बढाउनु पर्ने र अन्य क्षेत्रमा पनि विस्तार गर्नु पर्ने, बाढी बिमालेख लाई कृषि -ऋण, बीउबिजनमा जोडेर स्वत बिमा हुनुपर्ने विज्ञहरुको भनाइ छ । क्रार्यक्रममा कृषि तथा पशुपक्षि मन्त्रालय , बिमा कम्पनी, बिमा प्राधिकरण , नेपाल कृषि अनुसन्धान परिषद लगायत प्रतिनिधी बिच छलफल भएको छ ।


क्लिकमान्डु