५० लाखभन्दा कमको सेयरकर्जामा मात्रै जोखिम भार घट्ने हो: गभर्नर



काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड घटाउन लागेको बताए छन् ।

आइतबार मौद्रिक नीति सार्वजनिक पछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड घटाउन लागेको जानकारी दिए ।

५० लाख सम्मको थ्रेसहोल्ड १५० बाट १०० कायम हुने उनले बताए । हाल यो व्यवस्था २५ लाखसम्म लागू हुने गरेको छ ।

गभर्नर अधिकारीका अनुसार सरकारी निकायमा दर्ता भएका रियल स्टेट, हाउजिङ तथा अपार्टमेन्टमा जाेखिमभार १०० प्रतिशत रहने छ । याे व्यक्तिगत तर्फ जाने कर्जामा भने लागू हुने छैन ।


क्लिकमान्डु