निरन्तर चालु खाता घाटा हुनु गम्भीर, निजी क्षेत्र अधिक ॠणको भारमा छ: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निरन्तर चालु खाता घाटामा हुनु गम्भीर समस्या भएको बताएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकारीले लामो समयदेखि चालू खाता घाटा हुँदा अर्थतन्त्र ठिक अवस्थामा नहरेको सन्देश जाने बताए ।

दक्षिण एसियामा नेपालको निजी क्षेत्रले सबै भन्दा धेरै उपभोग गरेको गभर्नर अधिकारीले बताए ।

नेपालमा पछिल्लो १० वर्षमा कर्जाको औसत वृद्धिदर १९.४ प्रतिशत छ अधिकारीले भने सोही अनुपातमा नेपालको कुल ग्रार्हस्थ उत्पादन बढेको छैन । नेपालमा कर्जा र जिडीपीको अनुपात नमिलेकाले आगामी दिनमा कर्जाको वृद्धि भन्दा गुणस्तर बढाउनु आवस्यक छ।

अधिकारीले नेपालको निजी निजी क्षेत्र अधिक ॠण भारमा परेको बताए ।


क्लिकमान्डु