सीडी रेसिया यथावत, बैंक दरमा एसएलएफ र नीतिगत दरमा ओभरनाइट सुविधा निरन्तर



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई निरन्तरता दिएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ७ प्रतिशत रहेको नीतिगत दरलाई घटाएर ६.५ प्रतिशत बनाइएको छ ।
तर, राष्ट्र बैंकले ७.५ प्रतिशत रहेको बैंक दरमा भने कुनै हेरफेर गरेको छैन ।

यस्तै, राष्ट्र बैंकले अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ । चालू वर्षको मौद्रिक नीतिले अनिवार्य नगद मौज्दात ४ प्रतिशत, १२ प्रतिशत रहेको वैधानिक तरलता अनुपातलाई यथावत राख्ने निर्णय गरेको छ ।


क्लिकमान्डु