सेयर मूल्यमा प्रभाव पार्ने सूचना लुकाएको भन्दै प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

कम्पनीले धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना लुकाएको भन्दै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको जनाएको छ ।नेप्सेले कम्पनीको कारोबार स्थगन गर्दै तीन दिने स्पष्टिकरण समेत सोधेको छ ।

नेप्सेका अनुसार कम्पनीले असार २७ गते सञ्चालक समितिको बैठक बसी हकप्रद सेयर जारी गर्ने सम्बन्धी निर्णय गरेको र त्यसको जानकारी नेप्सेलाई साउन ४ गते मात्रै उपलब्ध गराएको भन्दै धितोपत्र सूचीकरण विनियमावली-२०७५ को विनियम १६ (१) (ख) को व्यवस्था अनुसार कारोबार रोक्का गरेको जनाएको छ ।


क्लिकमान्डु