गाडी भाडा घट्यो (कहाँको कति ?)



काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ ।

‘सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५% वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था यस विभागको मिति २०७८ । १२।१७ को निर्णयानुसार लागू गरिएकोमा पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिइएको मिति २०८०।०२।०३ को डिजेलको बजार मूल्य रू १५५/- (प्रति लिटर) मा मिति २०८० ।०४।०१ मा औसत रु १०.१७/- घटी भई बजार मूल्य प्रति लिटर रु १४४.८३/- कायम भएको र सो मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा ६.५६% घटी भएको हुँदा मिति २०८०।०४।०१ देखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन भएको’ विभागले जनाएको छ ।


क्लिकमान्डु