स्थिर ब्याजदरमा कुन बैंकबाट घर र गाडी किन्न कतिमा पाइन्छ कर्जा ?



काठमाडौं । के तपाईं बैंकबाट निश्चित अवधिका लागि होम लोन या अटो लोन लिन चाहनुहुन्छ ? चाहनुहुन्छ भने वाणिज्य बैंकहरुले ५ देखि १५ वर्ष अवधिका लागि ब्याजदर परिवर्तन नहुने (लक-इन) गरी कर्जा दिने गरेका छन् ।

धेरै बैंकले निश्चित अवधिका लागि निश्चित प्रतिशत ब्याजमा कर्जा दिए पनि बैंकअनुसार भने फरक-फरक हुने गरेको छ ।

एनएमबि बैंकले १५ वर्षसम्म अवधिको होम लोन लिँदा ११.९९ प्रतिशत र २० वर्षसम्मका लागि होम लोन लिँदा ११.४९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ । लक-इन गरिएको ब्याजदर कम्तीमा ७ वर्षसम्म स्थिर रहनेछ । त्यसपछि बजार र ब्याजदरको अवस्थाअनुसार सम्झौता नवीकरण भएर परिवर्तन हुनसक्ने एनएमबि बैंकले जनाएको छ ।

प्राइम बैंकबाट प्राइम होम लोन ५ देखि २० वर्ष अवधिका लागि १३ देखि १४ प्रतिशत र प्राइम हायर पर्चेज लोन लिँदा १३ देखि १४ प्रतिशत ब्याज तिर्नुपर्छ ।

एभरेष्ट बैंकले हायर पर्चेज लोनको ब्याज ५ वर्षसम्मका लागि १३ प्रतिशत, १० वर्षसम्मका लागि १४ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि १४.५० प्रतिशत ब्याज लिनेछ । यस्तै भेहिकल लोनको ब्याज ५ वर्षसम्मका लागि १३ प्रतिशत, १० वर्षसम्मका लागि १४ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि १४.५० प्रतिशत तोकिएको छ ।

माछापुच्छ्रे बैंकले होम लोन लिनेलाई ५ वर्षका लागि १२ प्रतिशत, ५ देखि १० वर्ष अवधिका लागि १३ प्रतिशत र १० वर्षदेखि माथि १४ प्रतिशत ब्याज लाग्ने जनाएको छ । यस्तै अटो लोन लिँदा ५ वर्ष अवधिका लागि १२.५० प्रतिशत र ५ देखि १० वर्ष अवधिका लागि १३ प्रतिशत ब्याज तिर्नुपर्छ ।

सिद्धार्थ बैंकले पनि अवधि तोकेर कर्जा दिने भएको छ । बैंकले ५ वर्षसम्मका लागि होम लोन दिँदा १०.९९ प्रतिशत, ५ देखि १० वर्ष अवधिका लागि ११.४९ प्रतिशत र १० वर्षदेखि बढी अवधिका लागि १२ प्रतिशत ब्याजमा कर्जा दिने जनाएको छ । यस्तै अटो लोन ५ वर्षसम्मका लागि १२.५० प्रतिशत र ५ वर्षदेखि बढी अवधिका लागि १३ प्रतिशत ब्याज लाग्नेछ ।

राष्ट्रिय वाणिज्य बैंकले ५ वर्षसम्मका लागि घर कर्जा १२.७५ प्रतिशत, १० वर्षसम्मका लागि १३ प्रतिशत र १५ वर्षसम्मका लागि १३.२५ प्रतिशत ब्याजमा कर्जा दिने भएको छ । ७ वर्षसम्मका लागि गाडी कर्जा १३.५० प्रतिशत ब्याजमा र ७ वर्षसम्मका लागि विद्युतीय सवारी १२.२५ प्रतिशतमा कर्जा दिने बैंकले जनाएको छ ।

प्रभु बैंकले ५ वर्षसम्मका लागि १२.९९ प्रतिशत ब्याजमा होम लोन र ५ वर्षदेखि माथि १३.९९ प्रतिशत ब्याजमा कर्जा दिने भएको छ । यस्तै ५ वर्षसम्मका लागि अटो लोन १३.५० प्रतिशत र ५ वर्षदेखि माथि अवधिका लागि १४.५० प्रतिशत ब्याजमा कर्जा दिने भएको छ ।

नबिल बैंकले ५ वर्षसम्मका लागि हाउजिङ र मोर्टगेज लोन १३.४९ प्रतिशतमा दिने भएको छ । बैंकले अटो लोन पनि १३.४९ प्रतिशतमा नै दिनेछ । ५ देखि ७ वर्ष अवधिका लागि अटो लोन लिँदा १४.४९ प्रतिशत, ५ देखि १० वर्षका लागि हाउजिङ र मोर्टगेज कर्जा लिँदा १४.०९ प्रतिशत ब्याज लाग्नेछ ।

बैंकबाट १० देखि १५ वर्ष अवधिका लागि हाउजिङ र मोर्टगेज कर्जा लिँदा १४.४९ प्रतिशत ब्याज लाग्नेछ । बैंकबाट नलिब ढुक्क घर कर्जा लिँदा ७ वर्षसम्मका लागि १०.९९ प्रतिशत र १० वर्ष अवधिका लागि कर्जा लिँदा ११.९९ प्रतिशत छ ।

कुमारी बैंकबाट १ देखि ७ वर्ष अवधिका लागि होम लोन लिँदा ११.७९ प्रतिशत ब्याज लाग्नेछ । ५ वर्षसम्मका लागि अन्य आवधिक कर्जा लिँदा १२.५० प्रतिशत, ५ देखि १० वर्ष अवधिका लागि १३ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि कर्जा लिँदा १३.२५ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।

हिमालयन बैंकबाट ७ वर्ष अवधिका लागि होम लोन लिँदा १४ प्रतिशत ब्याज तिर्नुपर्छ । ७ वर्षसम्मका लागि हायर पर्चेज कर्जा लिँदा १४ प्रतिशत ब्याज तिर्नुपर्छ ।

नेपाल बैंकबाट निश्चित अवधिका लागि होम लोन लिँदा १२.२५ देखि १४.२५ प्रतिशत ब्याज तिर्नुपर्छ । यस्तै अटो लोन लिँदा १२.५० देखि १३.५० प्रतिशत र घडेरी कर्जा लिँदा १३.५० प्रतिशत ब्याज तिर्नुपर्छ ।

कृषि विकास बैंकबाट ५ वर्षका लागि घर कर्जा लिँदा १३.०२ प्रतिशत, १० वर्षका लागि लिँदा १३.२७ प्रतिशत, १० वर्षभन्दा बढी अवधिका लागि लिँदा १३.५२ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि अटो लोन लिँदा १३.५२ प्रतिशत ब्याज तिर्नुपर्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु