भद्र सहमति तोडेपछि बैंकर संघकै अध्यक्षले बढाए सबैभन्दा धेरै ब्याज
काठमाडौं । भद्र सहमति तोडेपछि बैंकर संघकै अध्यक्ष प्रमुख कार्यकारी अधिकृत रहेको संस्था एनएमबी बैंकले सबैभन्दा धेरै ब्याज बढाएको छ ।
एनएमबी बैंकले १० वर्ष र त्योभन्दा माथिको मुद्ति निक्षेपमा भारी ब्याजदर बढाएका हुन् । यसअघि ९.९९ प्रतिशत रहेको ब्याजदर ०.९९ प्रतिशत बिन्दुले बढाएर एनएमबी बैंकले १०.९८ प्रतिशत पुर्याएको हो ।
एनएनबी बैंकले ३ देखि ६ महिनाको व्यक्तिगत मुद्ततिमा भने ब्याज ९ प्रतिशतमा झारेको छ । त्यस्तै ६ देखि ९ महिनाकोमा ९.१ र ९ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ९.२५ प्रतिशत बनाइएको छ ।
त्यसैगरी १ देखि २ वर्षको ९.५ प्रतिशत र २ देखि १० वर्षको मुद्दति निक्षेपमा ९.७५ प्रतिशत ब्याज प्रदान गरिने बैंकद्वारा जारी नयाँ ब्याजदरमा उल्लेख छ । बैंकले साधारण बचतका विभिन्न खातामा ५.९८ देखि ७.९८ प्रतिशत ब्याज तोकिएको जनाएको छ। रेमिट्यान्ससम्बन्धी एनएमबी जन्मभूमि बचत खातामा बैंकले ८.९८ प्रतिशत ब्याज दिने भएको छ ।