आजदेखि प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरु



काठमाडौं । आजदेखि प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु भएको छ । दुई कम्पनी मर्जर भएर आजदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।

मर्जर पछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको छ । दुवै कम्पनी मर्जरका लागि बिमा प्राधिकरणले जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार २६ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै कम्पनी १ः१ अनुपातमा मर्ज भएका हुन् ।

एकीकृत कारोबार पछि डाटा माइग्रेसनका लागि भन्दै असार २९, ३० र ३१ गते कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द हुनेछ ।


क्लिकमान्डु