एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा, हकप्रदको प्रस्ताव पारित गर्ने



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ ।

सञ्चालक समितिको असार २७ गतेको बैठकले साउन १५ गते काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे विशेष साधारणसभा बोलाएको हो ।

साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले हाल कायम चक्ता पुँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १० सेयर बराबर ६.६ को अनुपातमा हप्रद सेयर जारी गर्नेछ।


क्लिकमान्डु