सेयर बजार स्थिर, १०१ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौं । सेयर बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक ०.८० अंकले घटेर परिसूचक २०७६.९६ बिन्दुमा रोकिएको छ ।
यो दिनको कारोबारमा २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँको सेयर निकबेच भएको छ । बजार स्थिर बन्दा कारोबार रकम भने घट्दै गएको छ ।
कारोबारमा १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा ०.२१, विकास बैंक २.७८, होटल १०३.६७, जलविद्युत ३१.३८, जीवन बीमा ९.७२, निर्जीबन बिमा १९.८४ अंकले घटेको छ ।
कारोबारमा वित्त ५१.३४, उत्पादन तथा प्रशोधन ५३.३९, माइक्रोफाइनान्स ४३.८४, अन्य समूहको उपसूचक ३.३९ अंकले बढेको छ । कारोबारमा रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।