आईएमई लाइफको आईपीओमा दुई दिनमै साढे ५ लाख लगानीकर्ताको आवेदन



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सेयरमा ५ लाख ४३ हजार आवेदनकर्ताले आवेदन दिएका छन् ।

बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको आईएमई लाइफको २ दिनमै करिब साढे ५ लाख लगानीकर्ताले आवेदन दिएका हुन् ।

उक्त कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकका अनुसार शुक्रबारसम्ममा ५ लाख ४३ हजार ६६० जना लगानीकर्ताले ६९ लाख २७ हजार ८ सय ८० किक्ता सेयर माग गर्दै आवेदन दिएका हुन् ।

कम्पनीले प्रती कित्ता २३६.९१ रुपैयाँमा जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गरेको हो ।

आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ ।


क्लिकमान्डु