प्रिमियम मूल्यमा सिटिजन लाइफ इन्स्योरेन्सले आईपीओ ल्याउने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपेर २४४ रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र त्यसपछी सर्वसाधारणका लागी सेयर निष्कासन निष्कासन गर्ने भएको छ ।

कम्पनीले असार ३१ गतेदेखि रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गर्ने छ । उक्त आईपीओमा
साउन १४ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ निष्कासन गर्न लागेकामा ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गर्ने छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ११ लाख २५ हजार कित्ता समेत आवेदन दिन सकिने छ । लगानीकर्ताले सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।


क्लिकमान्डु