करिब ५४ हजारले पाए अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर



काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिएका आवेदकमध्ये ५३ हजार ९५० जनाले १० कित्ता दरले सेयर हातपारेका छन् ।

आईपीओमा १२ लाख ४७६ जनाले आवेदन दिएका थिए । जसमा २ हजार ३९९ आवेदन रद्द भएको छ ।

कम्पनीले असार १० देखि १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ताका सेयर निष्कासन गरेको थियो ।

आईपीओको नतिजा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट, अप्पर स्याङ्गे हाइड्रोपावरको वेबसाइट, मेरो सेयर, सीडीएससीले आईपीओको नतिजा हेर्न बनाएको वेबसाइटबापनि थाहा पाउन सकिन्छ ।


क्लिकमान्डु