सेयर बजारमा भारी गिरावट, २०९ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । कारोबारको सुरुदेखि आएको आएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो ।
बजार मापन गर्ने सूचक ३९.२६ अंकले घटेर परिसूचक २०४९.४४ बिन्दुमा रोकिएको छ । बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । २७७ कम्पनीको ८० लाख ९२ हजार ९६९ कित्ता सेयर ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३६ रुपैयाँको सेयर किनबेच भएको छ ।
बजारमा गिरावट आउँदा सबै समूहको उपसूचक राताम्मे भएको छ । बैंकिङ समूहको उपसूचक १०.९९, विकास बैंक ६३.२९, वित्त २०.०४, होटल ८८.२८, जलविद्युत ५६.३६, जीवन बिमा ४०९.७६, उत्पादन तथा प्रशोधन १०५.८०, माइक्रोफाइनान्स ८६, निर्जीबन बिमा ३१०.८५, अन्य ३६.६९, ट्रेडिङ ३२.१५ अंकले घटेको छ ।
बजारमा गिरावट आउँदा २०९ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य बढेको छ । कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १६ करोड ४९ लाख १२ हजार ५९५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन लाईफ इन्स्योरेन्स र सोल्टी होटल रहेको छ ।