निर्जीवन बिमा कम्पनीले आर्जन गरे ११ महिनामै ३६ अर्ब बिमा शुल्क



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा निर्जीवन बिमा कम्पनीले ३६ अर्ब १९ करोड ८८ लाख ३९ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्म १४ वटा कम्पनीले उक्त रकम बिमा शुल्क आर्जन गरेका हुन् ।

निर्जीबन बिमा कम्पनीले एक महिनामै ३ अर्ब ५० करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । जेठ महिनामा निर्जीबन बिमा कम्पनीले उक्त रकम बिमा शुल्क आर्जन गरेका हुन् ।

यो अवधिमा सबैभन्दा बढी बिमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । शिखर इन्स्योरेन्सले ४ अर्ब ७४ करोड ८ लाख ३७ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । जेठमा कम्पनीले ३३ करोड ३८ लाख ८४ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

यस्तै सगरमाथा इन्स्योरेन्सले ११ महिनाको अवधिमा ४ अर्ब ८ करोड ८६ लाख २५ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । जेठमा मात्रै ३५ करोड ७८ लाख ४७ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले ११ महिनाको अवधिमा १ अर्ब ४१ करोड ३ लाख ४२ हजार बिमा शुल्क आर्जन गरेको छ । जेठमा मात्रै १३ करोड ८५ लाख ४८ हजार बिमा शुल्क आर्जन गरेको छ ।

यस्तै दि ओरिएन्टल इन्स्योरेन्सले ११ महिनाको अवधिमा १ अर्ब २४ करोड ८६ लाख ८४ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । जेठमा २३ करोड ७२ लाख १८ हजार, राष्ट्रिय बिमा कम्पनीले ११ महिनाको अवधिमा २ अर्ब २६ करोड २३ लाख ७३ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । जेठ महिनामा मात्रै २३ करोड ७२ लाख १८ हजार बिमा शुल्क आर्जन गरेको छ ।

नेसनल लाइफ इन्स्योरेन्सले ११ महिनाको अवधिमा ९० करोड ७५ लाख ८१ हजार बिमा शुल्क आर्जन गरेको छ । जेठमा मात्रै ८ करोड ३३ लाख ६५ हजार, नेको इन्स्योरेन्सले ११ महिनामा २ अर्ब ६६ करोड ९४ लाख ९८ हजार, जेठमा मात्रै २१ करोड १ लाख ५० हजार बिमा शुल्क आर्जन गरेको छ ।

प्रभुले ११ महिनामा १ अर्ब ४० करोड ७७ लाख ५४ हजार बिमा शुल्क आर्जन गर्दा जेठमा मात्रै १३ करोड ६६ लाख ९६ हजार बिमा शुल्क आर्जन गरेको छ ।

एनएलजी इन्स्योरेन्सले ११ महिनामा २ अर्ब १४ करोड ८३ लाख ४५ हजार बिमा शुल्क आर्जन गर्दा जेठमा १६ करोड २ लाख ७९ हजार, हिमालयन एभरेष्टले ३ अर्ब ६ करोड २३ लाख ८३ हजार बिमा शुल्क ११ महिनामा आर्जन गर्दा जेठमा मात्रै ५७ करोड १९ लाख ४७ हजार, सानिमा जिआईसीले ११ महिनामा २ अर्ब ४ करोड ८१ लाख ९४ हजार रुपैयाँ बिमा शुल्क आर्जन गर्दा जेठमा २२ करोड ७६ लाख ८६ हजार, सिद्धार्थ इन्योरेन्सले ११ महिनाको अवधिमा ४ अर्ब १ करोड ७४ लाख ४७ हजार बिमा शुल्क आर्जन गर्दा जेठमा ३६ करोड ७८ लाख ३९ हजार बिमा शुल्क आर्जन गरेको छ ।

यस्तै आईजिआई प्रुडेन्सियलले ३ अर्ब १ करोड ९९ लाख ८६ हजार रुपैयाँ बिमा शुल्क आर्जन गर्दा जेठमा ३१ करोड ७२ लाख ३४ हजार बिमा शुल्क आर्जन गरेको छ भने युनाइटेडले ३ अर्ब १४ करोड ६७ लाख ९१ हजार बिमा शुल्क आर्जन गर्दा जेठ महिनामा मात्रै २७ करोड ८६ लाखा ८९ हजार बिमा शुल्क आर्जन गरेको छ । निर्जीबान बिमा कम्पनीले जेठमा मात्रै १ लाख ९१ हजार २२६ वटा बिमा लेख जारी गरेका छन् । ११ महिनामा भने २५ लाख ३७ हजार ४१६ वटा बिमा लेख जारी गरेको छ ।

११ महिनामा २५ लाख ३७ हजार ४१६ वटा बिमालेख जारी गर्दा सबैभन्दा ठूलो हिस्सा मोटर बिमाको रहेको छ । ११ महिनाको अवधिमा १६ लाख १ हजार ६४६ वटा मोटर बिमालेख जारी भएको छ ।

यस्तै सम्पत्तिको ४ लाख ३८ हजार १०३ वटा बिमालेख जारी भएको छ भने सामुद्रिक बिमा १ लाख २४ हजार ८५४ वटा, हवाई १३० वटा, कृषि तथा बाली १ लाख ५७ हजार ३६०, लघु बिमा ३३ हजार ९४८ वटा र अन्य विविध शीर्षकमा १ लाख ५१ हजार ४९७ वटा बिमा लेख जारी भएको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु