पप्पुसहितका ६ कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखेको छ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम विभिन्न ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखेको जनाएको छ ।
कार्यालयकाअनुसार पर्साको पप्पु कन्स्ट्रक्सन प्रालिलाई १ वर्ष ६ महिना, सप्तरीको पीवि एण्ड एस इन्जिनियरिङ कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सनलाई १ वर्ष, रामेछापस्थित नौलो सफल/कालिका जेभीलाई एक वर्ष, श्रीशक्ति कन्स्ट्रक्सन प्रालिलाई १ वर्ष, थाक्थुम्हांग निर्माण सेवा प्रालिलाई एक वर्ष र सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिलाई १ वर्ष ३ महिनाका लागि कालोसूचीमा राखिएको हो ।
यीमध्ये पप्पु कन्स्ट्रक्सन प्रालिलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन चन्द्रनिगाहपुर दुवैले कालोसूचीमा राख्ने सिफारिस गरेअनुसार १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।