सेयर बजार र घर जग्गामा लिइएको नीति फिर्ता लिइहाल्ने अवस्था छैन: गभर्नर
काठमाडौ। नेपाल राष्ट्र बैंकले लचिलो ल्याउन नसक्ने संकेत गरेको छ ।
बिहीबार उद्योग व्यवसायीसँग आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा सुझाव लिन आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले आक्रामक रुपमा कर्जा बिस्तार गर्ने गरि नीति नलिने संकेत गरे।
नेपाल उद्योग बाणिज्य महासं र नेपाल उद्योग परिसंघका पदाधिकारीहरूले चालू पुँजी कर्जा सम्बन्धि नीती लचिलो बनाउनु पर्ने, गाडी कर्जाको जोखिम भार घटाउनु पर्ने माग गरेका थिए ।
तर, राष्ट्र बैंकका गभर्नर अधिकारीले खुकुलो मौद्रिक नीति लिए अहिले सन्तुलनमा देखिएको बाह्र क्षेत्र बिग्रने भन्दै आक्रामक कर्जा बिस्तारका लागी हकप्रद सेयर जारी गर्न नदिने बताए।
यस्तै, वित्तीय सुशासन कायम गर्न गत कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याइएको चालू पुँजी कर्जा
सम्बन्धी नीतिमा फिर्ता नहुने बताए ।
‘चालू पुँजी कर्जा सम्बन्धी नीतिले केही अप्ठ्यारो भएको छ तर यो नीति दीर्घकालीन रुपमा प्रणालीलाई फाइदा हुन्छ,’ गभर्नर अधिकारीले भने, ‘यो नीतिबाट हामी फिर्ता हुने अवस्था छैन ।’
यस्तै, अधिकारीले रियल स्टेट र शेयर कर्जामा लिइएको कसिलो नीतिबाट ब्याक नहुने स्पष्ट पारे।